चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालको आईसीयुमा रहेका एक बिरामीको मंगलबार बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दानी ४० वर्षीय वीरगन्जका बिरामी रहेको भरतपुरमा केहीदिन अघि मात्रै निर्माण गरिएको कोरोना विशेष अस्पतालका प्रमुख डा भोजराज अधिकारीले जानकारी दिए ।

उनले ती बिरामीमा कोरोनाको आशंका गरिएको भएपनि पुष्टि नभएको बताए । ‘हामीले कोरोनाको पनि संक्रमण हुन सक्ने भएकाले नुमना परीक्षणका लागि पठाएका छौं । रिपोर्ट आज बेलुकासम्म आइपुग्छ’, उनले रातोपाटीसँग भने ।
रुघा, ज्वरो र निमोनियलगायतका लक्षण देखिएकाले हामीले नमुना संकलन गरेर पठाएका छौं ।

जे पनि रिपोर्ट आउन सक्छ तर उहाँ मिर्गौलाको रोगी भएकाले नियमित चितवन मेडिकल कलेज (केएमसी)मा फलोअपमा आउने बिरामी हो’, उनले थपे ।
उनका अनुसार ती बिरामी केएमसीमा फागुन ९ गते भर्ना भएका थिए भने आज बिहानमात्रै कोरोना विशेष अस्पतालको आईसीयुमा सारिएको थियो ।

उनको शब हाल भरतपुर विशेष अस्पतालको शवगृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!