बीरेन्द्रकुमार साह

आइतबार, चैत्र ११, २०८० || 4107  पटक पढिएको

बिराटनगर । सुनसरीको बर्जु गाउँपालिका आमाहि बेल्हा वडा न -४ का अग्नि पिडितहरुलाई बिराटनगरको पारस हस्पिटलले राहत सामाग्री हस्तान्तरण गरेको छ ।

चैत ४ गते आगलागीबाट घर तथा सर सामान समेत जलेर नस्ट भएका १८ परिवारलाई पारस हस्पिटलले खाधान्न सामाग्री हस्तान्तरण गरेको छ ।पारस हस्पिटलले पिडित परिवारलाई ५ केजि चिउरा,एक केजि चना ,एक केजि नुन,लुगा धुने साबुन, खने तेल,चाउचाउ ,सोयाबिनको प्याकेट ,भुजा ३ केजी ,मच्छडदानि(झुल) लगायतको सामाग्री बितरण गरिएको पारस हस्पिटलका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले बताए ।

आगलागीबाट पिडित भएका परिवारलाई नि: शुल्क स्वास्थ्य शिविर मार्फत स्वास्थ्य चेकजांच गरि आवश्यक औषधि समेत बितरण गरिएको मेहताले बताए । साथै त्यस गाउँका करिब ७० जनाको स्वास्थ्य अवस्था चेकजांच गरि औषधि समेत बितरण गरिएको मेहताले बताए ।

बर्जु गाउँपालिका वडा न -४ कै एक जना गर्वबती महिलालाई पारस हस्पिटलमा ल्याई निशुल्क २० हजार बराबरको उपचार गरिएको पारस हस्पिटलका संचालक तथा गोल्डमेडलिस्ट डाक्टर सफिउरर रहमानले बताए । समाजमा जबजब जहाँ जहाँ हाम्रो आवश्यकता पर्छ हामि हाजिर हुन्छौ यो समाजले हामिलाई बनाएको हो हामिले हाम्रो तर्फबाट हाम्रो यो समाजलाई दुखेको बेला पिडा परेको बेला मलहम लगाउन पाएका छौ र निरन्तर हामि आवश्यक महसुर गरिएको स्थानमा गएर सेवा गर्ने छौ डाक्टर रहमानले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!