सोमबार, चैत्र १०, २०७६ || 569  पटक पढिएको

पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्ने करीब तीन सय नेपाली भारतीय नाका पानीट्यांकीमा अलपत्र परेका छन् । मन्त्रिपरिषद्को निर्णयानुसार आज बिहान १० बजेदेखि सीमानाका बन्द भएपछि उनीहरु अलपत्र परेका हुन् । तिनमा भारतका विभिन्न शहरबाट मजदूरी गरेर फर्कने तथा विद्यार्थी छन् । त्यसैगरी नेपालका विभिन्न शहरबाट मजदूरी गरेर घर फर्कने करीब तीन सय भारतीय काँकडभिट्टा नाकामा अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार सरकारको स्पष्ट निर्देशन नआएसम्म आफूले केही गर्न नसकिने जानकारी दिनुभयो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको टोली काँकडभिट्टा नाका निरीक्षणका लागि आउँदै हुनुहुन्छ । जिल्ला ट्रभाल सङ्घ झापाका अध्यक्ष नेत्र कार्कीले सरकारले सही निर्णय गरे पनि समय छोटो भएका कारण नाकामा दुवै देशका नागरिक अलपत्र परेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!