हिपमत डटकम

मंगलबार, माघ १६, २०८० || 4584  पटक पढिएको

विराटनगर ।  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला कोशी अस्पतालभित्र सञ्चालित औषधि पसलको अनुगमन गर्नुभएको छ ।अस्पतालभित्र सञ्चालित औषधि पसलमा स्वास्थ्य बिमाको सुविधाबाट औषधि नपाउने गरेको व्यापक गुनासो आएपछि उपमेयर शिल्पा निराला कार्कीलाई समेत साथैमा लिएर मेयर कोइरालाका अनुगमनमा पुग्नुभएको थियो ।

मेयर कोइरालाले स्वास्थ्य बिमा सुविधामा उल्लेख भएअनुसारका औषधि पसलमा भए नभएको हेर्नुभएको थियो । जनताको सुविधाका लागि नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको बताउँदै मेयर कोइरालाले जनतालाई दुःख दिने काम नगर्न निर्देशन दिनुभयो । अस्पतालका डाक्टरले स्वास्थ्य बिमामा पाउने औषधिसमेत नलेखी अन्य औषधि लेख्ने गरेको गुनासोसमेत आएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!