सोमबार, चैत्र १०, २०७६ || 959  पटक पढिएको

इलाका प्रहरी कार्यालय मिर्चैयाले अबैध घरेलु मदिरा नष्ट गरेको छ । बिभिन्न समयमा मिर्चैया नगरपालिका बाट नियन्त्रणमा लिएको अबैध घरेलु मदिरा नष्ट गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक( ईन्सपेक्टर) राम कुमार महतोले बताए । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक( ईन्सपेक्टर) महतोको अनुसार पछिल्लो समय प्रहरीले अबैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गर्दै आएको छ ।
अवैधरुपमा घरेलु मदिरा उत्पादन गरी बिक्रीवितरण गरिरहेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक( ईन्सपेक्टर) महतोको नेतृत्वमा खटिएको प्रहरी टोलीले ७ सय लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।
मिर्चैया नगरक्षेत्रमा अवैध मदिराका कारण दिनहुँ समाजमा झै–झगडा, घरेलु हिंसा, महिला हिंसा र अकालमै मृत्यु हुनेलगायतका घटनामा वृद्धि भएपछि प्रहरीले नगरक्षेत्रभित्र अवैध मदिरा उत्पादनमा कडाइ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले बताए ।
मिर्चैया नगरपालिका वडा नं. ५ का वडा वडाध्यक्ष धिरेन्द्र साह, मिर्चैया नगरपालिका वडा नं. ६ का वडा वडाध्यक्ष देव कृष्ण साह लगायत,स्थानीय, नागरिक समाज,पत्रकार लगायतको रोहबरमा नष्ट गरिएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!