सिरहाको भगवानपुर गाउँपालिकामा आइतवार आपत्तकालिन बिपद ब्यबस्थापन समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादबको अध्यक्षतामा संचालित बैठकमा कोरोनाबाट बँच्न उच्च सतर्कताका साथ लोकहा ठाडी नाकामा कडा कदम चालिने निर्णय गरेको जनाईएको छ । भगवानपुर गाउँपालिका वडा नम्बर –४ मा रहेको बिश्वासपट्टी स्थित ठाडी भन्सार कार्यालयको पुर्व पट्टी रहेको खाली जग्गमा क्वाराईन्टाईन राख्ने निर्णय गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण मण्डलले जानकारी दिनुभएको छ ।
भारतबाट नेपाल भित्रिने नागरिकहरुलाई स्वास्थय परिक्षण गर्ने , कोरोना भाईरसको लक्षण देखिने बिरामीलाई १४ दिन सम्म निगरानीमा राख्नुको साथै धनगडीमाई नगरपालिकामा रहेको मेडीसिटि अस्पतालमा भर्ना गरिने निर्णय गरिएको गाउँपालिका श्रोतले जनाएको छ ।
भगवानपुर गाउँपालिकाको ५ वटै वडामा वडा अध्यक्षको संयोजकमा टोल टोलमा कोरोना भाईरस सम्बन्धी जनचेतना दिनका लागी समिति बनाउने , पर्चा पम्पलेट तथा माईकिङ्ग गर्ने , भगवानपुर गाउँपालिकाका सम्पुर्ण घरधुरीलाई साबुन बितरण गर्ने समेत निर्णय गरिएको गाउँपालिकाका लेखा प्रमुख गंगाराम मण्डलले बताए ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादव , गाउँपालिका उपाध्यक्ष सिता देबि यादब , शस्त्र प्रहरी बल ठाडी प्रमुख राजन खतिवडा , नेपाल प्रहरी ठाडी प्रमुख तुलसी प्रसाद पोखरेल वडा अध्यक्ष , कार्यपालिका सदस्य , समाजसेबी , बुद्धीजिबि लगायत स्वास्थ्यकर्मी , कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!