लेटाङ्गका एक जना २३ बर्षका युवकको मुटुको प्वाल नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा विना शल्यक्रिया टालिएको छ । लेटाङ्ग निवासी अमिस मगरको विना शल्यक्रिया नोवेलका मुटुरोग बिषेशज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले ए. एस. डी. क्लोजर (ASD Device Closure) प्रविधीबाट मुटुको जन्म जात प्वाल टालेको हो ।

करिव डेढ बर्ष अगाडी शौचालय जाने क्रममा एक्कासी लडेका उनको परिवारले केही होइन होला भनी त्यति गंभिरता पुर्वक नलिएको र छ महिना अगाडि पनि उनी फेरी बेहोसीमा लड्न पुगेका थिए । अस्पताल आउन भन्दा केही दिन पहिला यो घटना पुनः दोहोरिए पछि भने उनलाई परिवारले लेटाङ्गमा नै जाँच गराउदा मुटुमा प्वाल परेको थाहा भएको विरामीकी आमाले बताइन् । उनको भनाई अनुसार लेटाङ्गका नाम चलेका स्वास्थ्य कर्मी सिताराम लुईटेलले रोग पत्ता लगाई नोवेलमा थप उपचारका लागि पठाएका थिए । नोवेलमा उनको विना शल्यक्रिया मुटुको प्वाल टालिएको छ । मुटुको प्वाल टालिए पछि विरामी र विरामीको आमाले चिकित्सकलाई धन्यवाद दिदै अस्पताल सेवा प्रति खुशी व्यक्त गरे । त्यस्तै राजविराजका २६ बर्षिय मञ्जु देवी पंण्डीतको पनि मुटुको प्वालको ए. एस. डी. डिभाइसबाट उपचार गरिएको छ । थकाई लाग्ने, हिँडदा स्याँ स्याँ हुने, खाएको शरीरमा नलाग्ने समस्या भई उपचारका लागि नोवेल आएको उनको जम्मा तौल ३८ केजी मात्र रहेको र जाँचको क्रममा उनको मुटुको प्वालको आकार ठूलो रहेको पाईएकोले ३४ एम. एम. को ए. एस. डी. डिभाइस राखिएको थियो ।

डा. राजेश नेपालको भनाई अनुसार यो ए. एस. डी. भनेको मुटुमा हुने प्वाल हो । यो जन्म जात हुन्छ । धेरै मानिसहरुले यसलाई पहिला थाहा पाउदैनन्, पछिमात्र थाहा पाउछन् । किन भने लक्षण पछिमात्र देखा पर्न थाल्छ या अन्य कारणले इकोकार्डियोग्राम गर्दा थाहा हुन्छ । मुटुको प्वाल शल्यक्रिया गरेर वा नशाबाट छाता जस्तो सामाग्री (ए. एस. डी. डिभाईस) छिराएर प्वाल परेको स्थानमा टाल्ने गरिन्छ । मुटु जाँचको क्रममा टी. ई. ई. भन्ने परीक्षण गरे पश्चात भोको रहेको ६ घण्टा पछि क्याथ ल्यावमा यो प्रकृया गर्ने गरिन्छ । १५ देखि २० मिनटमा हुने यो प्रकृया सकिएको २ — ३ घण्टा पछि खाना खान मिल्ने हुन्छ । मुटुको प्वाल टालेको एक दिन पछि विरामीलाई घर पठाउन मिल्ने डा. नेपालको भनाई छ । नोवेलमा यो प्रविधीबाट मुटुको प्वाल टाल्ने विरामीको संख्या अहिले बढेको छ । मुटु रोगको पहिचान, सवै प्रकारका मुटुका समस्याहरुको उपचार र नेपाल सरकारको विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गतका सेवा उपलव्ध हुने भएकोले विरामीलाई नोवेल आई उपचार गर्न सहज भएको महाप्रवन्धक दिपेश राईले जानकारी दिए ।

मुटु रोग, फोक्सो रोग, न्यूरो सर्जरी, न्यूरोलोजी, नेफ्रोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी, अन्कोलोजी, इण्डोक्राइनोलोजी, हेपाटोलोजी, यूरो सर्जरी, ल्यापारोस्कोपिक सर्जरी, आई. भि. एफ., हेपाटो सर्जरी, बाथ रोग लगायतका विशिष्ट सेवाहरु सहितको एकै छाना मुनी सवै सेवा उपलव्ध भएकोले नोवेलमा पूर्वी नेपालका र भारतीय विरामीहरुको चाप उच्च हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!