खबर ठुलो छ

बेलायतमा एक नेपाली महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।लमजुङ घर भइ बेलायतमा बस्दै आएकी भगवती रानाभाटमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । उनी बेलायतमा समाजसेवीको रुपमा समेत परिचित छिन् ।

आइतबार फेसबुकमा स्टाटस राख्दै उनले आफूलाई कोरोनाको संक्रमण पुष्टि भएको बताएकी छिन् ।
उनले भनेकी छन्, ‘यो महामारी कति पीडादायक हुँदोरहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँटकाट छैन । फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचें सबैले सावधानी अपनाउनुहुनेछ ।सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु ।’

शुक्रबारदेखि उनी लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचाररत छिन् । यसअघि १० दिन उनी घरमै आइसोलेसनमा रहेको बताइएको छ ।

गत मार्च ८ तारिखका दिन उनी लन्डनको भेन्यू फाइभमा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन् । त्यसपछि बिरामी परेकी उनी घरमै आइसोलेसनमा रहेको भएपनि शुक्रबार भने अस्पताल नै भर्ना भएपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई संक्रमण भएपछि श्रीमान् सहित परिवारका अन्य सदस्यलाई आइसोलेसनमा राखिएको बताइएको छ ।

यसअघि गत हप्ता लण्डनस्थित साउथ ह्यारोमा बस्दै आएका संखुवासभा खाँदबारी निवासी ६६ वर्षीय भूतपूर्व गोर्खा सैनिक लिलाबहादुर राईको नर्थविकपार्क हस्पिटलमा कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।
प्राप्त जानकारी अनुसार राई नै कोरोनाबाट मृत्यु हुने बेलायतका पहिलो नेपाली रहेका छन् ।

कोरोना भाइरसका कारण बेलायतमा ज्यान गुमाउनेको संख्या २८१ पुगेको छ, जसमा सबैभन्दाकम उमेरका १८ वर्षीय बेलायती नागरिक समेत परेका छन् ।

संसारभरी कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १४ हजार नाघिसकेको छ । कोरोनाबाट ज्यान गुमाउने मुलुकमा सबैभन्दा अग्रपंक्तिमा इटाली रहेको छ । जहाँ ५ हजार ४ सय ७६ जनाले ज्यान गुमाइसकेका छन् ।

सोमबार, चैत्र १०, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया