राम नारायण ठाकुर

बिहिबार, मंसिर ०७, २०८० || 2768  पटक पढिएको

सिरहा । सिरहाको मिर्चैया नगरपालिका-९ मा अवस्थित पौराणिक एवं धार्मिक पर्यटकीय स्थल कमलदहमा दशकौंदेखि लाग्दै आएको मेला आजदेखि सुरु भएको छ ।

हरिबोधिनी एकादशीको दिनदेखि तीन दिनसम्म लाग्ने ऐतिहासिक कमलदह मेला आजदेखि विधिवत् सुरु भएको हो । मेलाको उद्घाटन आज मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले उद्घाटन गरे ।

मेलामा कुस्ती, सांस्कृतिक, मनोरञ्जनात्मक लगायतका विभिन्न किसिमका कार्यक्रम आयोजना गरिएको छ । मेलाको उद्घाटन गर्दै मन्त्री सिंहले कमलदह जस्तो ऐतिहासिक ठाउँमा आउन पाउँदा आफू सौभाग्यशाली महसुस गरिरहेको बताए ।

कमलदहको विकासका लागि आफूले पहल गर्ने पनि उनले बताए । राज्य र सरोकारवालाको उपेक्षामा परेको कमलदहको विकास गर्न सकिए देशकै नमूना पर्यटकीय गन्तव्य बन्नसक्ने विश्वास उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!