राम प्रेम यादब

शनिबार, मंसिर ०२, २०८० || 7096  पटक पढिएको

बरियारपट्टी । हुलाकी राजर्मागको मध्य भागमा पर्ने सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नम्बर चार सोहपुरमा जिल्ला स्तरीय हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

शुक्रवार नव प्रवेशि कर्मचारी समिती बरियारपट्टी ४ सोहपुरको आयोजनामा वराकि दलित अधारभुत बिद्यालयको प्रङ्गणमा सम्पन्न भएको हो ।

कार्यक्रममा सिरहा जिल्ला भरीका जम्मा १५ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा ९ र १० मा अध्यन्नरत बिद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा हाजरीजवाफ प्रतियोगिता तर्फ श्री जनता माध्यमिक विद्यालय मोहनपुर, कमलपुरले प्रथम भएको थियो भने श्री जनता नमुना माध्यमिक विद्यालय सुखीपुर द्धितिय र श्री माध्यमिक विद्यालय सनहैठा तृतय भएको थियो भने सांस्कृतीक तर्फ श्री माध्यमिक विद्यालय सनहैठा प्रथम, त्रिन्त्र एकेडेमी बरियारपट्टी द्धितिय र श्री जनता नन्द ललिता माध्यमिक विद्यालय लक्ष्मीपुर पत्तारी तृतय भएको थियो । प्रथम, दितिय र तृतीय हुनेलाई क्रमस नगद रु २०००, १५०० र १००० सहित किताब, मेडल, प्रमाण पत्र प्रदान गरेका थिए र बाँकी अन्य सबैलाई कोपी र अबिर लगाएर सम्मान गरेका थिए ।

 

कार्यक्रमको बिशिष्ठ अथिती बरीयारपट्टी गाउँपालीकाका अध्यक्ष संतोष महतोले यस्ता प्रतियोगिताले विद्यार्थीहरुको बौद्धिक बिकास हुने भएकोले प्रत्येक विद्यालयहरुले आयोजना गर्नु पर्ने बताए । महतोका अनुसार यस पल्ट हामीले पालीकाबाट सबै भन्दा बढी बजेट शिक्षामा बिनियोजन गरेको बताए । हामीले ०७४ सालको निर्वाचर्न जितेर आउदा त्यतीखेर पालिका भरीमा बिजुली, खानेपानी, सडक, भौतीक संरचना लगायतका अति आवश्यक अधारभुत कुरामा लगानी गरेका थियौं । सबै खालका बिकासको प्रमुख अधार शिक्ष नै भएकोले यस पल्ट देखि हामीले सबै भन्दा बढी बजेट शिक्षामा बिनियोजन गरेको बताए ।

नव प्रवेशि कर्मचारी समितीका सदस्य शिव गंगा यादवको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अथिती नेशनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव, बिशिष्ठ अथिती मधेश प्रदेश सांसद जिबछी यादव, बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिनोद कुमार यादव, बरियारपट्टी गाउँपालिका नेकपा माओवादी केन्द्रका युवा नेता बिरेन्द्र कुमार यादव, बिनोद ठाकुर, युवा, अभिभावक, बिद्यार्थी लगायत हजारौंको संख्यामा स्थानीयहरुको उपस्थिती रहेका थिए ।

कार्यक्रमको संयोजक मनोज कुमार ठाकुर रहेको थियो भने कार्यक्रम संचालन संजित कुमार मण्डलले गरेको थियो ।

कार्यक्रमको आर्थिक सहयोग बरियारपट्टी गाउँपालीकाले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!