आइतबार, मंसिर २२, २०७६ || 1681  पटक पढिएको

राकेश कर्ण
हिपमत डटकम
बिराटनगर मंसिर २२।

नेपाल प्राकृतिक सम्पदा र जैविक विविद्यताले भरिपुर्ण मुलुक हो । नेपाल अन्य प्राकृतिक सम्पदाहरुका साथसाथै बिशेष गरी जलसम्पदाले भरिभराउ राष्ट्र हो । तर नेपालको समृद्धि एवं आर्थिक विकासको आधार बनिसकेको सोही जलसम्पदा पछिल्लो समय दुषित र फोहोर थुपार्ने स्थलको रुपमा विकसित हुँदै गईरहेका छन । जनचेतना, लापरबाही र ज्ञानको कमीले यसले एउटा ठुलो समस्याको रुप लिँदै गईरहेको छ । प्रायः चाडपर्व बिशेषमा मात्र नदी, पोखरी, तलाउ तथा जलाशयहरु सफा गर्नुपर्छ भन्ने मानसिकताले यो समस्या दिनानुदिन बढदै गईरहेको छ । यसरी जलसम्पदाहरु व्यापक मात्रामा दुषित हुँदै गईरहेको अवस्थामा प्रदेश नं. १ प्रदेश सरकारले मोरङ्गका पाँचवटा स्थानिय तहहरुसँगको संयुक्त सहकार्य र साझेदारीमा आजदेखि विराटनगरस्थित सिंघिया खोला सरसफाई महाअभियानको सुरुवात गरेको हो ।

“सिंघिया खोलाको सफाइ अभियान , हामी सबैको सान” भन्ने मुल नाराका साथ आजबाट खोलाको संरक्षण र सरसफाई गर्ने महाअभियानको शुभारम्भ भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ को आयोजना र विराटनगर महानगरपालिका, कटहरी, बुढीगंगा, जहदा र ग्रामथान गाउँपालिकासँग संयुक्त सहकार्य र साझेदारीमा उक्त महाअभियानको सुरुवात भएको हो । शनिबार बिहान साढे ७ बजे देखि बिराटनगरको पुष्पलाल चोक पूर्व घिनाघाटबाट सफाई अभियान शुरु गरिएको छ । उक्त अभियानलाई मुर्त रुप दिन सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीसहितको सिंघिया खोलासँग जोडिएका स्थानिय तहका प्रतिनिधि ,राजनीतिक दलका प्रतिनिधि, सरकारी कर्मचारी, सुरक्षा निकाय, उद्योग संगठन, व्यापार संघ, एन.जि.ओ, लायन्स क्लब, र सञ्चारकर्मीहरुको २ सय २४ सदस्यीय मुल समितीको टोलीले सिंघिया खोला वरिपरिको क्षेत्रमा सरसफाई गरेका छन । उनीहरुले विराटनगरको जलाशयलाई सफा सुग्घर बनाउन सक्रियता देखाएका छन ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आजदेखि सबै आम नागरिकले कुनैपनि नदीनाला वा जलाशयमा जथाभाबी फोहोर नफाल्ने र फोहोरलाई व्यवस्थापनमा गर्ने संकल्प लिनुपर्ने बताउनुभयो । उहाँले सरसफाई गरेर मात्रै यो समस्या समाधान नहुने भएकाले यसको दीर्घकालीन समाधानका लागी महानगरको फोहोरबाट बिजुली उत्पादन गर्ने कार्ययोजनालाई अघि सार्ने जानकारी दिनुभयो ।

अत्यधिक प्रदुषणले नदिको अस्तित्व नै सङकटमा परेकोले नदिको संरक्षणको लागि पहिलो चरणमा घिनाघाटदेखि भाथिगछ पुलसम्म जम्मा १० किलोमिटरको क्षेत्रलाई सफा गरिनेछ । त्यस्तै सो अभियानमा सङकलित फोहोर विराटनगरको डम्पिङ साइटमा लगेर व्यवस्थापन गरिनेछ । यो महाअभियानले विराटनगरभित्र रहेका खोलानालाहरु फोहोर गर्ने प्रवृतिमा न्युनीकरण हुने र खोलाको अस्तित्वलाई जोगाउन तथा स्वच्छ वातावरण निर्माण गर्नमा यसले ठुलो भुमिका खेल्ने अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय सचिव वसीम आलमको भनाई छ । उहाँले आज यो अभियानको सुरुवात राम्रो भएको भन्दै देखिएका कमी कमजोरीलाई सुधार गर्दै आगामी पौष ५ गतेको सरसफाई अभियान अझ बढी प्रभावकारी र व्यवस्थित हुने आशा व्यक्त गर्नुभएको छ ।

यता समाजवादी पार्टीका केन्द्रिय सदस्य तेजलाल कर्णले सिंघिया नदीको साथसाथै देशैभरिका सबै जलस्रोत र जलसम्पदाहरुको संरक्षण तथा सरसफाई हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । यो अभियानले निरन्रता पाउनुपर्ने उहाँको भनाई छ ।

त्यस्तै विराटनगरमा विगत २ बर्षदेखि सरसफाईको क्षेत्रमा बृहत अभियान चलाउँदै आएको सामाजिक संस्था परिवर्तनका लागी हातेमालोले यस अभियानमा महत्वपुर्ण योगदान पुर्याएको छ । संस्थाका अध्यक्ष विनोद परियारले यो बृहत्त सरसफाई महाअभियान प्रदेश नं. १ कै लागी उदाहरण भएको बताउनुभएको छ । उहाँले यो महाअभियान सम्पुर्ण आम जनतामा सचेतना पैmलाउने काम गरिरहेको उल्लेख गर्नुभयो ।

उक्त महाअभियानका लागी मन्त्रालयले भने १ सय जोर गम्बुट, १ सय थान डोको, १ हजार ५ सय पिस मास्क, ५ सय पिस डिस्पोजेवल पन्जा, खानेपानी, माईक तथा स्पिकरको व्यवस्था गरेको थियो । त्यस्तै महानगरपालिकाले ७ सय थान एप्रोन, १ सय थान फोहोर तान्ने काँटा, २० थान बेल्चा, २० थान दबिया, ५० थान कचिया, २० थान फोरुवा, २० थान डस्विन, २० पिस डोरी र प्रचारप्रसार तथा फोहोर उठाउने सवारी साधनको व्यवस्थापन गरेको थियो । कटहरी गाउँपालिकाले २ सय जोर गम्बुट र ६ सय जोर लामो पन्जाको व्यवस्था गरेको थियो भने बुढिगंगाले ६५ जोर गम्बुट, जहदाले ५० थान फोहोर तान्ने काँटा र ग्रामथानले ६५ जोर गम्बुट उपलब्ध गराएको थियो । यो महाअभियानद्धारा आम सर्वसाधारणको जथाभाबी फोहोर फाल्ने मानसिकता र विराटनगरको सुन्दरतामा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!