बहराइनमा रहेका ३ जना नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ । बहराइनमा अहिलेसम्म ३ सय ५ जनामा कोरोनाको संक्रमण देखिएको छ। जसमा तीन जना नेपाली कामदार रहेका छन् ।बहराइनस्थित नेपाली दूतावासले तीन जना नेपाली कामदारमा कोरोनाको संक्रमण भेटिएको जनाएको छ । क्वारेन्टाइन राखेर उनीहरुलाई उपचार भइरहेको छ । दूतावासको अनुसार उनीहरु कार्यरत कम्पनीमा रहेका अन्य कामदारलाई पनि निगरानीमा राखिएको छ । news sources : ratopati .com