विराटनगर । गाउँपालिका युवाहरुलाई आत्मनिर्भर बनाउन युवामैत्री योजना बनाउनु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
युवाहरु आत्मनिर्भर भए मात्र समग्र गाउँपालिकाको विकास सम्भव भएकाले युवा मैत्री नीति बनाएर आत्मनिर्भर बनाउनु पर्नेमा वक्ताहरुले जोड दिएका हुन।

मोरङको जहदा गाउँपालिका ५ स्थित सहयोगी हातहरुको समुह (सहास) नेपाल ले आयोजना गरेको स्थानीय तहमा युवा लक्षित कार्यक्रम, युवाहरुको पहुँचको अवस्था र सम्भवना बिषय विषयक संवाद कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएका हुन ।

गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा युवाहरुका लागि के कस्ता कार्यक्रम राखेको र युवाहरुका हितका लागि के कस्ता भावी योजनाहरु रहेको विषयमा केन्द्रीत संवांद कार्यक्रम आयोजना गरिएको थियो । सो संस्थाले मेनोनाइट सेन्ट्रल कमिटी नेपालको साझेदारीमा जहदा गाउँपालिकामा चार वटा परियोजना संचालन राखेको छ। शिक्षा सम्बन्धी ग्रामिण प्राथमिक शिक्षा परियोजना, युवा आत्मनिर्भाता र छात्रबृतिको लागि व्यवसायिक सिप बिकास परियोजना, दिगो कृषी र स्वास्थ्यको लागि लाइफ परियोजना र युवाहरुलाई सामाजिक बिकृतिको पैरवी र व्यवसायिक कृषिको लागि यीप परियोजना संचालित रहेको छ। जहदा गाउँपालिका वडा नं. २ र ५ मा संचालित रहेको यीप परियोजना अन्तर्गत युवाहरुलाई अगाडी राखेर गठित हरियाली युवा कृषक समुहले वडा भित्र बिभिन्न किसिमको सचेतना र जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ।

सहास नेपाल जहदा गाउँपालिकामा बिगत डेढ बर्ष देखि कार्य गर्दै आएकामा बिभिन्न परियोजना अन्तर्गत व्यवसायिक योजना बनाएर व्यवसाय गर्न इक्क्षुक सहभागीहरुलाई व्यवसाय गर्नको लागि सहकारी मार्फत थोरै ब्याजमा ऋण उपलब्ध गराउदै आएको छ। जुन सहयोगले ती युवाहरुले आफ्नो ब्यावसय गर्दै आएका छन् ।
कार्यक्रममा जहदा गाउँपालीकाका बिभिन्न शाखाका शाखा प्रमुखहरुले आफ्नो शाखामा रहेका युवा लक्षित योजनाहरुका बारेमा प्रस्ट पारेका थिए ।

यीप परियोजना अन्तर्गत सहास नेपालले आफ्नो कार्य क्षेत्र बनाएर काम गर्दै आएका वडा नम्बर २ र ५ वडा अध्यक्षहरुले आफुले सकेको सहयोग वडा भरी रहेका युवा युवतीलाई गर्ने प्रतिवद्धता समेत जनाएका थिए । त्यसैगरी सहास नेपालले आफ्नो स्थपनाको २८ औं दिवस केक काटी मनाउदै व्यवसायिक सिप परियोजना अन्तर्गत प्राबिधिक बिषय अध्ययनका लागि छनोट भएका १४ जना युवालाई छात्रवृत्ति समेत प्रदान गरेका हुन् ।

सहास नेपालको सहजीकरणमा गठन भएको हरियाली युवा कृषक समुहले समाजमा रहेका बिकृति विसंगतिको पैरवी र न्यूनीकरणको बिभिन्न किसिमको जनचेतनामुलक अभियान संचालन गर्दै आएको छ। उक्त समुहले जहदा गाउँपालिका वडा नं. २ र ५ बालबिबाह न्यूनीकरण सम्बन्धी अभियान चलाई संकलन गरेको हस्ताक्षर गाउँपालिका अध्यक्षलाई बुझाएको थियो ।

कार्यक्रमको प्रमुख अथिती जहदा गाउँपालीकाका अध्यक्ष जितेन्द्र प्रसाद साहले युवाहरुका लागि बिभिन्न खालका योजनाहरु अघि सारेको बताए । अगामी दिनहरुमा हामी सबै सहकार्य गरेर अघि बढ्नु पर्छ उनले बताए । हामीले युवाहरुका लागि गर्न सक्ने सबै कार्य गर्न अग्रसर रहेका छौ उनले भने –‘ हामीलाई तपाईहरुले पनि सल्लाह सुझाब दिनुस।‘

कार्यक्रममा पालीका भरीका बिभिन्न शाखाका शाखा प्रमुख, उपाध्यक्ष, स्थानीय युवाहरु, पत्रकार लगायतका उपस्थिती रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!