हिपमत डटकम

बुधबार, भाद्र ०६, २०८० || 63706  पटक पढिएको

विराटनगर । विराटनगर स्थित कोशी अस्पतालमा कार्यरक्त चिकित्सहरु नीजि किल्नीक मुखि हुदा बिरामीलाई सास्ती खेप्नु परेको छ ।
प्रदेशकै सवैभन्दा ठुलो सरकारी कोेशी अस्पतालमा कार्यरक्त चिकित्सकले समयमै अस्पताल नआउँदा बाहिर वाट आएका बिरामीहरुलाई सास्ती खेप्नु परेको हो । अस्पतालमा विहान ९ बजे देखि ३ बजे सम्म ओपीडिमा बस्नु पर्ने प्रावधान रहेको छ । तर अस्पतलमा कार्यरक्त चिकित्सकले ११ बजेर २० मिनेट सम्म नआउने गरेको पाइएको हो ।

दैनीक एक हजार देखि १५ सयको हराहरीमा बिरामी कोशी अस्पतालमा स्वास्थ्य परिक्षण गर्न आउने गरेका छन। मधेश प्रदेशको सप्तरी, सिरहा सहित कोशी प्रदेशको १४ जिल्लाका बिरामी कोशीमा आउने गरेका छन् ।

विहानै ८बजे देखि लाईनमा बसेर ओपीडि पूर्जा कटाएर चिकित्सकको प्रतिक्षामा घण्टो बस्नु पर्ने बिरामीलाई बाध्यता नै बनेको उदयपुरका रमेश कटुवालले बताए । उनले आफु पेट दुख्ने समस्याको उपचार गर्न आएकाले १२ बज्न लागेको बेला पनि चिकित्सक नआएको उताए । ९ बजे देखि नै पूर्जा लाईनमा लगाएर चिकित्सको प्रतिक्षामा बस्दा हैरान भएको अर्को बिरामी प्रमोद कामतले बताए ।

उनले दुई दिन देखि चिकित्सकको प्रतिक्षा गरेर पनि अहिले सम्म रिर्पोट देखाउन नपाएको गुनासो गरे ।किल्नीकमा जस्तो व्यवहार समेत नगरि हतारमा स्वास्थ्य चेकजाच गर्ने गरेको उनले बताए । समस्या सुनाई रहेका बेला चिकित्सकले हतारमा पूर्जामा थप परिक्षण गराउन लेखेर बाहिर पठाउने गरेको उनले बताए ।उनले भने –‘ मुस्किलले ४ मिनेट त समय दिदैन ।‘ थप जिज्ञासा गरे झपार्ने गरेको उनले बताए ।उता कोशी मेसु डा चन्द्रभाल झाले चिकित्सकहरु सयमा आउनु पर्ने बताए। उनले अस्पतालमा एक सञ्चाल भएको एक कक्षामा सहभागी भएकाले ओपीडिमा अनुपस्थित भएको जानकारी दिए ।

सवै चिकित्स एकै पटक बिरामी हेर्ने बेला मिटिङमा जान नदिने बताए ।उता बिरामीका कुरुवाहरुले चिकित्सकहरुले आफ्ना समस्या सुन्न समेत नमान्ने गरेको बताए । प्राय चिकित्सकहरु अस्पतालकै आसपासमा नीजि किल्नीक सञ्चालन गरेकाले समयमा नआउने गरेको बतार्ईएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!