हिपमत डटकम

सोमबार, भाद्र ०४, २०८० || 1368  पटक पढिएको

विराटनगर । कोशी प्रदेशमा दिनादिन डेंगुको प्रक्रोप बढ्दै जदा प्रदेश सरकार विराटनगरमा स्थित संक्रामक रोग तथा संघन उपचार केन्द्रमा २५ शैय्याको डेंगु उपचार सेवा सञ्चालन गरेको छ । सुनसरीको धरानमा डेंगुले प्रकोपको रूप उग्र रुमा फैलिए प्रदेश भरीनै संक्रमण्मा दिनदिन बढ्दै गएको बेला कोशी प्रदेश सरकारले विराटनगरमा डेंगु उपचार सेवा संचालन गरेको हो ।
विराटनगरस्थित संक्रामक रोग तथा संघन उपचार केन्द्रमा २५ शैय्याको डेंगु उपचार सेवा आइतबारबाट संचालनमा ल्याएको हो ।
कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले सो अस्पतालमा सञ्चालन भएको डेंगु उपचार सेवाको उद्घाटन गरेका हुन । मुख्यमन्त्री थापाले वेडको अभावमा कसैलाई समस्या हुन नदिन प्रदेश सरकारले सेवा सञ्चालन गरेको हो । धरानमा डेंगु प्रकोपको रूपमा फैलिएर अस्पतालमा शैय्या अभाव भएर भुईमा बसेर संक्रमितहरुको उपचार भइरहेको अवस्थाको सिर्जना भएपछि प्रदेश सरकारले २५ शैय्याको जेनरल बेड संक्रमितको उपचारको लागि ल्याएको उनले बताए । मुख्यमन्त्री थापाले भने –‘ ‘डेंगु संक्रमितले भुईमा सुतेर उपचार गरिनुपर्ने अवस्थामा अब अन्त्य हुनेछ,’ । मुख्यमन्त्री थापाले प्रदेश मातहतको अस्पतालमा निःशुल्क डेंगुको उपचार सुरू भएको जानकारी दिए । मन्त्रीपरिषदको बैठक बसेर धरानमा एक सय थान स्प्रे मेसिन पनि वितरण गरिएको जानकारी समेत दिए । सो अवसरमा प्रदेश स्वास्थ्य मन्त्री निर्मला सुब्बाले डें फैलिन नदिन प्रदेश सरकार कुनै कसर नछोड्ने बताईन् । उनले प्रकोपको रुपमा फैलिएको डेंगु रोकथाम र नियन्त्रणमा प्रदेश सरकार हरेको उपाय अविलम्बन गर्ने तयारीमा लागेको बताईन् । उनका अनुसार विरामीको संख्या बढे बेड थप गर्दे प्रदेश सरकार अघि बढ्ने बताईन् ।
डेंगु रोक उपचार व्यवस्थापनको लागि संयोजक भरत साहलाई जिम्मेवारी दिएको छ । संक्रमक रोग तथा सघन उपचार केन्द्रमा २२ जना स्वास्थ्यकर्मी र कर्मचारी रहेका छन् । स्वास्थ्य मन्त्रालयले थप ४३ जना जनशक्ति आवश्यक परेको भन्दै प्रदेश सरकारसँग माग गरिएको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिब डा. सुधा देवकोटाले जानकारी दिइन् । उनले दरबन्धी स्वीकृत भएर आउने क्रममा रहेकाले जनशक्ति थप गरेर डेंगो संक्रमित विरामीको उपचार गर्ने नीति बनाएको जानकारी दिईन् ।
कोशी प्रदेशमा आइतबारसम्ममा २२ हजार भन्दा बढीमा डेंगु संक्रमित रहेका छन् । जसमध्ये धरानमा सबैभन्दा बढी संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!