आइतबार, चैत्र ०९, २०७६ || 959  पटक पढिएको

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस {कोभिड–१९} का कारण  नेपाली चलचित्र उद्योग पूर्ण रुपमा प्रभावित भए पनि नेपाली सांगीतिक छेत्रमा गीतहरु भने केहि संख्यामा सार्वजनिक भैरहेका छन् यसै क्रममा ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टले लोकप्रिय गायिका मेलिना राइको स्वर रहेको  ‘शुभकामना’ बोलको गीत सार्वजनिक गरेको छ । लोकप्रिय कवि तथा गीतकार भावेश भुमरीको शब्द र रोशन गुरुङको सगीत रहेको गीतको म्युजिक भिडियोमा चर्चित मोडेल अन्जली अधिकारी र बालकलाकार एरिक बी शाहको अभिनय रहेको छ । गौरव गिरीको निर्देशनमा बनेको भिडियोमा सुरेश राउतको सम्पादन र उत्तम हुमागाईको सिनेमाटोग्राफी रहेको छ।


ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टले अरु पनि धेरै हिट हिट गायकगायिकाको स्वरमा रहेको गीतहरुको म्युजिक भिडियो निर्माण गरिरहेको र अब छिट्टै नै रिलिज गर्दै जाने  र यो गीतलाई पनि यसअघिका गीतहरुलाई जस्तै माया गरिदिन श्रोता,दर्शक एबम मिडिया हाउसलाई  प्रोपाइटर ईश्वर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!