हिपमत डटकम

शुक्रबार, भाद्र ०१, २०८० || 958  पटक पढिएको

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएपछि रातभरी तनावग्रस्त बनेको छ ।

अस्पतालको आइसियुमा मोरङ की १८ बर्सिया सुलेखा मण्डलको आज राती मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।

मण्डलले साउन २४ गते रंगेली अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् । नर्मल डेलिभरी भएर साउन २६ गते अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । स्वास्थ्यमा समस्या आएपछि साउन २८ गते कोशी अस्पतालको आइसियुमा राखेर उपचार सुरु भएको थियो । उपचारको क्रममा उनको आज मृत्यु भयो ।

मृतकका आफन्तहरूले अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै रातभरी अस्पताल परिसर भित्र नाराबाजी गरेका थिए। मोरङ प्रहरी र वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली अस्पतालको सुरक्षाको लागि खटिएका छन् । अस्पताल परिसर भित्र मृतकका आफन्तले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही गरिनुपर्ने, छानबिन टोली गठन गरी दोषी उपर कारबाही हुनुपर्नेलगायतका माग राख्दै नाराबाजी गरेका थिए ।

यता अस्पताल प्रशासनबाट आधिकारिक धारणा आउने बाँकी रहेको छ । के कारणले बिरामीको मृत्यु भयो यस विषयमा अस्पताल प्रशासनले उपचारमा संलग्न चिकित्सकसँग बुझेर यथार्थ सार्वजनिक गर्ने बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!