आइतबार, चैत्र ०९, २०७६ || 769  पटक पढिएको

कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्यूनीकरणका लागि तनहुँको भीमाद नगरपालिकाले आपतकालीन कोष खडा गरेको छ । सो भाइरसका बारेमा सर्वसाधारणलाई सचेतना जगाउन नगरपालिकाले रु तीन लाख बजेट व्यवस्था गरी कोष सञ्चालनमा ल्याएको छ । वडाभर सचेतना कार्यक्रम सञ्चालनका लागि कोषमा रकम जम्मा गरिएको नगर प्रमुख मेखबहादुर थापाले जानकारी दिनुभयो । नगरवासीलाई सो भाइरसको सङ्क्रमणबाट सुरक्षित बनाउन प्रत्येक वडामा समिति गठन गरी सचेतनामूलक कार्यक्रमलाई अगाडि बढाइएको उहाँले बताउनुभयो । सो भाइरस सङ्क्रमित भएको भेटिए तत्काल उपचारका लागि व्यवस्था मिलाउने जनाएको छ । “कोभिड–१९ को सङ्क्रमण भएको शङ्का लाग्नेबित्तिकै स्वास्थ्य संस्थामा लैजाने व्यवस्था मिलाउने छौँ”, थापाले भन्नुभयो । नगरपालिकाको खर्चमा नै शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा सम्भावित विरामीलाई उपचार गर्न आइसोलेसन कक्ष स्थापना गरिएको छ आइसोलेसन कक्षको निरीक्षण जिल्लाका सुरक्षा निकायका प्रमुखले सो केन्द्रमा निर्माण गरिएको सो कक्षको निरीक्षण गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारी नेतृत्वको टोलीले उपचार केन्द्रमा निर्माण गरिएको कक्षको निरीक्षण गर्नुभएको हो । सो अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले आइसोलेसन कक्षको बारेमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनुभएको थियो । उपचार केन्द्रमा १२ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । उपचार केन्द्रको तेस्रोतलामा जनरल वार्डको उत्तरतर्फ आइसोलेसन कक्ष छ । उपचार केन्द्रका तीन स्वास्थ्यकर्मीलाई कोरोनाको नमूना सङ्कलन गर्न तालिम दिइएको छ । “शङ्कास्पद बिरामी आएमा घाँटीको तल्लो भागको स्वाबको नमूना सङ्कलन हुनेछ, उक्त स्वाब तत्कालै काठमाडौँ पठाएर परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार ४८ घण्टाभित्र सो भाइरसको सङ्क्रमण भए÷नभएको प्रतिवेदन आउनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!