हिपमत डटकम

बुधबार, साउन ३१, २०८० || 6694  पटक पढिएको

विराटनगर । भारतको बिहारमा हुन नसकेको शिल्यक्रिया विराटनगरको पारस अस्पतालले गरेको छ । जन्मदेखि नै मलद्धार नभएको एक भारतीय शिशुको जटिल शल्यक्रिया गरेर सो अस्पतालले मलद्धार बनाएको हो । जन्म देखि नै मलद्धार नभएको शिशुको उपचार विहारको स्थानीय देखी पटनामा भएको अस्पतालमा गरिरहदा पनि सफल नभएको अवस्थामा पारस अस्पतालले जटिल शल्यक्रिया गरेर मलद्धार बनाएको हो ।

भारत बिहार राज्यको फारविसगंजका ९ महिने शिशुको अस्पतालका निर्देशक डा. सफिर रहमानको नेतृत्वको चिकित्सकको टोलीले करिव ५ घण्टा लगाएर शल्यक्रिया गरेर मलद्धार बनाएको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेमनारायण मेहताले पत्रकार सम्मेलनको आयोजना गरेर अस्पतालले सफल शल्यक्रिया गरेर डिस्चार्ज गरेको जानकारी दिए ।

फारबिसगंजका मो. ईस्तीकारको दोस्रो सन्तानको रुपमा जन्मेको छोरा मलद्धार नहुदा स्थानीय एक अस्पतालले देब्रे तर्फको ठुलो आन्द्रामा प्वाल बनाएर दिसा निकाल्ने गरेका थिए । डा. सफिर रहमामनका अनुसार ठुलो आन्द्रा नै बाहिर निस्केका बेला शिशुलाई उपचार्थ पारस अस्पताल ल्याएको जानकारी दिए ।

मजदुरी गरेर जिविकोउपार्जन गर्ने शिशुका बुवाको अवस्था देखेर अस्पतालले समान्य खर्चमा नै ठुलो शल्यक्रिया गरेर मलद्धार बनाएको बताए । पटनामा शल्यक्रिया गराउन जादा स्वास्थ्य चेकजाचमा नै ५० हजार खर्च भएको र शल्यक्रिया गर्दा अझै धेरै रकम लाग्ने अस्पतालले जनाएपछि शिशुलाई घरमा नै राखिएको थियो ।

पारस अस्पतालमा दुरमिलवाट कम खर्चमा जटिल भन्दा जटिल शल्यक्रिया गर्ने गरेको थाहा पाएर अस्पताल आएपछि चिकित्सक समान्य खर्चमा शल्यक्रिया गरि छोराको ज्यान जोगाएको इस्तीकारले बताए । चिकित्कसले औषधी र वेडहरुमा समेत नि:शुल्क गरिदिएको उनले बताए । चिकित्सक रहमानले रेकटल मालफामेसन भएका शिशुलाई शल्यक्रिया गरेर एनो प्लाष्टिक बनाएको बताए । बच्चा पूर्ण रुपमा स्वस्थ्य रहेकाले डिस्चार्ज गरेको उनले बताए ।

उनका अनुसार एक महिनामा बच्चाले मलद्धार वाट नै समान्य रुपमा दिसा गर्ने दावी गरे । सो अस्पताले विपन्न तथा गरिवलाई निशुल्क उपचार गर्न गिरिजाप्रसाद कोईराला फाउन्डेसन कोशी प्रदेश संग सम्झौता गरेर कोशीका विभिन्न जिल्लाका विपन्न तथा गरिवको निशुल्क उपचार गर्दे आएको छ । अस्पताल स्थापना भएको ९ महिनामा पारस अस्पतालले एक हजार ३ सय ५० शल्यक्रिया दुरमिल वाट गरेको छ । ५० बेडको सो अस्पतालको विस्तार गर्दे एक सय बेड बनाउन लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!