
बिराटनगर, श्रावण ३१ गते । झापाको झापा गाउँपालिका-४ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो प्रहरी चौकी टाघनडुव्बाबाट खटिएको प्रहरीले चेकजाँचको क्रममा शंकास्पद अवस्थामा रहेका दमक नगरपालिका-३ का २२ बर्षीय जीवन सार्कीको साथबाट ५ ग्राम ७४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । यसै गरी बिराटनगर-१६ स्थितबाट लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले इटहरी-१४ का २९ बर्षीय सुरेन चौधरीलाई नाईट्रोभेट १०० ट्रयावलेट सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
