राम प्रेम यादब

सोमबार, साउन २९, २०८० || 7390  पटक पढिएको

विराटनगर । बढ्दै गएको डेंगुको प्रकोपलाई नियन्त्रण गर्न मोरङको सुनवर्षी नगरपालिकाले निःशुल्क झुल बितरण गरेका छन् । डेंगु रोग महामारीको रुपमा देखापर्न थालेपछि नगरपालीकाले निःशुल्क झुल बितरण गरेको हो ।

सुनवर्षी नगरपालिकाले आफ्नो पालिका भित्र रहेका गरिब, दलित, एकल महिला साथै फरक क्षमता भएका नागरिकलाई निःशुल्क झुल वितरण गरेको जनाएको छ ।

पालिकाले डेंगुबाट बच्न झुल बितरण संगै जनचेतनामुलक कार्यक्रम गदै विगत केहि दिन देखि निरन्तर रुपमा चलाउदै आएको छ । पालिकाले गरिब, दलित, एकल महिला, फरक क्षमता भएका नागरिक र विपन्नहरुको पहचान गरी झुलमा सुत्ने बानी विकासका लागि निःशुल्क झुल वितरण गरेका जनाए ।

बिहीवारबाट निःशुल्क झुल वितरण अभियान सुरुमा ५ सय देखि ६ सय नगरपालिकाबासीलाई झुल बितरण गर्ने सुनवर्षी नगरपालिका मेयर सचिवलायका सदस्य सुवोध कुमार दासले बताए । पालिकाले निःशुल्क झुल वितरण संगै पानी बाट प्रभाबित भएकाहरुलाई त्रिपाल र खेलाडीलाई फुटवल समेत बितरण गरीको दासले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!