हिपमत डटकम

सोमबार, साउन २९, २०८० || 2162  पटक पढिएको

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा शान्तीसुरक्षा फितलो बन्दै गएको छ ।आज विराटनगरको मुख्य बजारमा एक युवामाथि दिनदहाडै तरबार प्रहार भए पछि स्थानीयहरु त्रसित बन्दै शान्ती सुरक्षा फितलो बनेको बताउन थालेका छन् ।
तरबार प्रहारबाट विराटनगर महानगरपालिका–८ का २२ वर्षीय महमद हलिम गम्भीर घाइते भएका छन्। विराटनगर–१० सन्सारीमाईस्थानमा उनीमाथि दिउँसो २ः४५ बजेतिर तरबारले प्रहार गरिएको प्रहरीले जनाएको छ। हलिमको दुवै हातमा गहिरो चोट लागेको छ।

उपचारका लागि सुरुमा न्यूरो अस्पताल भर्ना गरिएको थियो। चिन्ताजनक अवस्थाका उनलाई न्यूरोले थप उपचारका लागि नोबेल शिक्षण अस्पताल रेफर गरेको छ। हलिममाथि विराटनगर–८ का अन्दाजी ३० वर्षीय समीर हुसेनलगायतका तीन जनाले तरबार हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनामा संलग्नहरू फरार रहेका कारण खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
नायकका अनुसार घटनामा संलग्नको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ। घटनामा प्रयोग गरिएको तरबार प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्नहरू तरबार फालेर भागेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!