बिराटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा अस्पताल जन्य फोहोर व्यवस्थापन सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

शनिवार नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल मै एक कर्यक्रमको आयोजना गरी सम्पन्न गरेको अस्पतालले बताए ।

तालिममा विभिन्न विभागका रेजिडेण्ट चिकित्सकहरु, इन्टर्न, नर्सिङ्ग कर्मचारी, सरसफाई कर्मचारी लगायतका सहभागितामा विभिन्न चरणहरुमा अभिमुखिकरण तालिम सम्पन्न गरिएको छ ।

कार्यक्रमको सहजिकरण सह प्राचार्य एवं प्याथोलोजि विभागका प्राध्यापक डा। ऋतु बराल, नर्सिङ्ग निर्देशक (क्लिनिकल) श्री प्रतिक्षा त्रिपाठीले गर्नु भएको थियो ।

साथै नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा अस्पताल जन्य फोहोरको निर्मलीकरणको कार्यलाई थप व्यवस्थित गर्न नयाँ अटोक्लेभ मेशिन पनि जडान भएको छ ।

सुरक्षित तवरले फोहोर व्यवस्थापन गर्न अटोक्लेभ, प्लासेन्टा पिट, बायोग्यास, गोवर र कम्पोष्ट मल पिट जस्ता अति आवश्यक पूर्वाधारको व्यवस्था रहेको छ भने फोहोरको श्रोतमा नै छनौट र संकलनलाई त्यतिनै महत्त्वका साथ गर्ने गरिएको छ ।

फोहोर व्यवस्थापनमा एकरुपता ल्याउन र यसलाई प्रभावकारी ढंगले व्यवस्थित गर्न नियमित समयतालिका अनुसार गरिने अभिमुखिकरणले ठूलो भूमिका खेले अस्पतालले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!