हिपमत डटकम

शुक्रबार, साउन २६, २०८० || 3844  पटक पढिएको

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको छ महिनाभित्र जनताले महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधारको काम गर्ने प्रतिबद्धता गरेका छन्। मन्त्री बस्नेतले आफनो कार्यअवधिको एक सय दिन पूरा गरेको अवसरमा भएका उपलब्धि एवं सुधारका पहल सार्वजनिक गर्ने क्रममा भने, ‘अबको छ महिनाभित्र स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्ने गरी र सरकारले धेरै काम गरेको छ भन्ने प्रमाणित हुने गरी मन्त्रालयले काम गर्नेछ।’

कार्यक्रममा उनले आधारभूत स्वास्थ्य उपचारबाट कोही नेपाली वञ्चित नहुने बताए। ‘कोही नेपाली पैसा नभएका कारण मर्दैनन्। त्यसको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लिनेछ’, मन्त्री बस्नेतले भने, ‘स्वास्थ्यका सबै बेथितिलाई हटाएर समस्या समाधान गर्ने र संविधानले व्यवस्था गरेको जनताको आधारभूत स्वास्थ्य उपचारको जसरी पनि व्यवस्थापन गर्छौं।’

उनले सूर्तीजन्य पदार्थबाट सङ्कलन हुने करलाई स्वास्थ्यकर्मीको दरबन्दी थप्न प्रयोग हुनुपर्ने बताए। आफ्नो कार्यकालको एक सय दिनको अवधिमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत भएका एक सय सात बुँदे महत्त्वपूर्ण क्रियाकलाप तथा प्रगति विवरण सार्वजनिक गरे। रासस

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!