हिपमत डटकम
बिराटनगर मंसिर २२।
शनिवार सुनसरी र झापाका ३ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । शनिबार दिउँसो साढे १ बजेको समयमा सप्तरीबाट रामधुनी तर्फ जन्ती बोकेर आउदै गरेको ना ५ ख ४९८९ नम्बरको बसका सह चालक सप्तरीको सप्तकोशी नगरपालिका- १ बस्ने बर्ष ४५ को सन्तोष गुप्ता बसमा काम गर्ने क्रममा लडेर घाईते भएपछी उपचारको लागी न्युरो अस्पताल बिराटनगर ल्याईएकोमा उपचारको क्रममा साँझ ६ बजेको समयमा मृत्यु भएको थियो । यसैगरी सुनसरीको ईटहरी उप-महानगरपालिका-१३ खनार स्थितमा रोकेको ट्रकमा मोटरसाईकल ठोक्किदा मोटारसाईकल चालकको मृत्यु भएको छ । शनिबार बेलुका पौने ८ बजेको समयमा सडकको साईडमा रोकेर ट्रक ड्राईभरले अगाडिको सिसा पुछिरहेको अवस्थामा ईटहरीबाट बिराटनगर तर्फ जादै गरेको को १४ प ६०२३ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक ईटहरी-११ खनार बस्ने वर्ष २५ को अशोक चौधरी गम्भिर घाईते भएका थिए भने ट्रक चालक सिन्धुली-६ बस्ने वर्ष ३१ को गंगा प्रसाद नेपाल समेत घाईते भएका थिए । घाईते दुबैजनालाई उपचारको लागी न्युरो अस्पताल विराटनगर लागिएकोमा उपचारको क्रममा राती साढे १० बजेको समयमा मोटरसाईकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसैगरी झापाको कन्काई नगरपालिका-७ बिरिङखोला पुल स्थित पूर्व पश्चिम राजमार्गमा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । शनिबार राती साढे ९ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको मे १० प २९५४ नम्बरको मोटरसाईकल र बिपरित दिशा तर्फ जादै गरेको मे ११ प २९२८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका ३ जनालाई नै उपचारको लागि बि.एण्ड.सी. अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मे११प २९२८ नम्बरको मोटरसाईकल चालक नितेश न्यौपानेको मृत्यु भएको हो । अन्य २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!