धुर्मुस सुन्तली फाउण्डेशनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै तिब्र गतिमा भइरहेको काम सामान्य स्थिति नहुन्जेलसम्मका लागि स्थगित गरिएको हो । एक विज्ञप्ति जारी गर्दै फाउण्डेसनले चैत ९ गतेदेखी सबै काम रोक्न लगेको हो । माघ १६ गते भरतपुर महानगरपालिका र फाउण्डेशनबीच सम्झौता भई रंगशाला निर्माण घोषणा गरिएको थियो ।

विस्तृत गुरुयोजना तयार हुनु अगावै प्रारम्भीक चरणका काम (कम्पाउण्डिङ, साइट क्लीरयन्स, साइट अफिस, गोदाम घर, कर्मचारी आवास, कामदार आवास) बनाउने काम मंसिर अगाडि नै सम्पन्न भइ सकेको थियो । विस्तृत गुरुयोजना ९डिपिआर० तयार भई यही मंसिर १ गतेदेखि उक्त गुरुयोजना अनुसार गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको काम सुरु गरि चार महिना ८ दिनमा सातवटा क्रिकेट पिच भएको खेल मैदानको ८५ प्रतिशत काम र प्याराफिट संरचनाको तयारी स्वरुप जग खन्ने ९० प्रतिशत काम सम्पन्न भइसकेको छ विज्ञप्तिमा उल्लेख छ ।
फाउण्डेशनका अनुसार ६४ वटा पिल्लरको लागि फलामको ९रड बंग्याउने, बाँध्ने र पिल्लरको आकार बनाउने० काम पुरा भएको छ । खेलमैदानको पिचमा प्रयोग हुने माटो तनहुँको जामुनेदेखि ढुवानी गरी प्रशोधनको काम पनि गरिसकिएको छ । यस्तै,  प्याराफिटको पिल्लरको पिसीसी ढलानको काम करिब ७० प्रतिशत सकिएको छ भने २ मिटर चौडाई र २ दशमलब ३७ मिटर उचाई रहेको ड्रेन तयार भईसकेको छ । जसमा आकाशे पानी संकलन गरीनेछ र खेल मैदानको दुबोको सिंचाईका लागि प्रयोग गर्ने उद्देश्य राखिएको छ ।
नमूना खेलमैदान तयार भई सुचारु अवस्थामा छ । सात हजार वर्ग मिटर बरमुढा प्रजातिको दुबोको नर्सरी तयार पारीएको छ । उक्त दुबो रंगशालाको क्रिकेट खेलमैदानमा सारिनेछ । दश ट्रिपर, चार ट्याक्टर, एक ग्रेडर, एक बुल डोजर, पाँच ब्याक हो–लोडर ९जेसीबी०, दुई एक्जाभेटर, एक रोलर दैनिक प्रयोग भईरहेका छन् । रंगशाला निर्माणका लागि अहिले २ सय ७० जना जनशक्ति कार्यस्थलमा खटिरहेका छन् ।
अहिले विश्व कोरोना भाइरस ९कोभिड १९० विरुद्ध लडिरहँदा नेपाल सरकारले पनि जोखिमलाई मध्यनजर गर्दै उच्च सर्तकता अपनाउन विभिन्न स्वागत योग्य निर्णयहरु गरेको छ । साथै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह पनि गरिएको छ । यस्तो अवस्थामा सामान्य जनजीवनदेखि राष्ट्रिय गौरवका आयोजना र परियोजनाहरु समेत प्रभावित भईरहेको भन्दै यसबाट गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला अछुतो रहन नसकेको फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन्  ।
कामलाई तिब्रताका साथ अघि बढाईरहेको अवस्थामा यस अघि कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कामदारबाहेक अन्यलाई रंगशाला प्रवेशमा रोक लगाइएको थियो । कार्यस्थलभित्र प्रवेश गर्ने हरेकको ज्वरो नाप्नुका साथै ह्याण्ड स्यानीटाइजरको प्रयोग पनि गरिन्थ्यो । तर, कोरोना संक्रमणप्रति जसरी राज्य संवेदनशील बनेको छ त्यसैगरी हामीले निर्णय लिनु उपयुक्त ठानेको उनको भनाइ छ ।
रंगशाला निर्माणको काम अझै तिब्र गतिमा अगाडि बढाउने योजना बनाउँदै गर्दा सरकारले २५ जना भन्दा बढी एक ठाउँमा जम्मा नहुन अपिल गरेको छ । रंगशालामा कामदार मात्रै साढे २ सय भन्दा बढी छन् । निर्माण सामग्री, ढुवानीलगायतका कुरामा पनि प्रभाव पर्ने देखिसकिएको छ, बिज्ञप्तिमा लेखिएको छ । साथै मानिसको स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो । त्यसैले सबैको स्वास्थ्य संवदेनशीलतालाई दृष्टिगत गर्दै रंगशाला निर्माणको काम केही समय ९सामान्य अवस्था नहुन्जेलसम्म० स्थगित गर्ने निर्णयमा पुगेका छौं, अध्यक्ष  कट्टेलले बताए । जनस्तरबाट निर्माण हुने यस रंगशालामा सहयोग पु¥याउने सम्पूर्ण सहयोगी मनहरुप्रति आभार व्यक्त गर्दै आफ्नो स्वास्थ्यको ख्याल गर्नुका साथै सावधानी अपनाउन उनले आग्रह समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!