हिपमत डटकम

शनिबार, साउन १३, २०८० || 1109  पटक पढिएको

झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामग्री बरामद गरेको छ । हिजो जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा ना.६ख ४९०२ नम्वरको ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा TELEPHONE नाम लेखिएको भाडा माझ्ने साबुन २५ काटुन,  COCO ZEAL नाम लेखिएको हुक्काको कोईला ६० काटुन, Afzal Authentic Flavored Molasses  नाम लेखिएको हुक्काको फ्लेवर ८० काटुन र काँचको झ्याली/ झ्याम्टा २ हजार ४ सय ६५ किलोग्राम सहित अवैध सामग्री बरामद गरेको हो । ट्रक सहित बरामद भएको करिव १ करोड २६ लाख २७ हजार ५ सय मुल्य बरावरको अवैध भन्सार छलीका सामग्रीहरुलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यलय ईटहरी सुनसरी बुझाईएको छ भने अवैध सामग्री ओसार पसारमा संलग्न रहेका ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास तथा अन्य अनुसान्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!