हिपमत डटकम

बिहिबार, साउन ११, २०८० || 2726  पटक पढिएको

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ रेडन पुल नजिक मिरमिरे लाईफ सेकुवा कर्नरबाट भालुको पित्त जस्तो देखिने वस्तु २ थानसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका-१० घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३९ वर्षीय तेन्दोर्जी तामाङ र काभ्रेपलाञ्चोक नेताचोक घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय नाम्गेल तामाङ रहेका छन् ।

उक्त सेकुवा कर्नरमा अवैध रूपमा भालुको पित्त जस्तो देखिने बस्तुको बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई बरामद वस्तुसहित आवश्यक कारबाहीको लागि डिभिजन वन
कार्यालय हात्तिसर काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!