कोरोनाभाइरसको संक्रमण पत्ता लगाउनका लागि आवश्यक पर्ने किटको अभाव झेलिरहेको फिलिपिन्सलाई चीनले सहयोग गरेको छ ।
समाचार एजेन्सीहरुका अनुसार चीनले फिलिपिन्सलाई कोरोना परीक्षणका लागि आवश्यक एक लाख किट सहयोग गरेको हो । फिलिपिन्सको सरकारी सञ्चारमाध्यमले जनाएअनुसार एक लाख किट चीनले सहयोग गरेको हो ।
यस अतिरिक्त १० हजार ‘एन ९५’ फेस मास्क, एक लाख सर्जिकल मास्क र व्यक्तिगत सुरक्षाका लागि आवश्यक सामग्री १० हजार थान पनि चीनले उपलब्ध गराएको हो ।
शनिबार बिहान चिनियाँ सहयोग सामग्री मनिला आइपुगेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
फिलिपिन्समा २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ ३२ जना नयाँ संक्रमित फेला परेको जनाइएको छ । कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको सरकारी तथ्यांक छ ।