काठमाडौं । लाईसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै विश्वास दिलाई दर्जन भन्दा बढी व्यक्तिहरूबाट नगद तथा सुनको गहना जबरजस्ती लिई ४ लाख ३० हजार रूपैयाँ बराबरको रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-१३ एकान्तकुना ठेगाना भएका ३० वर्षीय सम्राट, समिर, रागब भन्ने राजु परियार र कृष्ण ज्वेलर्स एण्ड सन्सका संचालक काठमाडौं महानगरपालिका-१४ कलंकी सुनारगाउँ ठेगाना भएका ३६ वर्षीय ब्रम्हा रिसालरहेका छन् । उनीहरुमध्ये राजुले यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी हुँ भन्दै उक्त रकम तथा सुन ठगी गरेको र ब्रम्हाले ठगी गरेको सुन खरिद गरेको खुल्न आएको छ ।

अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले राजुलाई ललितपुर महालक्ष्मी नगरपालिका-७ लुभुबाट शनिबार र ब्रम्हा रिसाललाई काठमाडौं कालीमाटीबाट ठगी गरेको सुनलाई गाली ढिक्का बनाई राखेको ११ ग्राम ६ सय ८० मिलिग्राम सुनसहित आइतबार पक्राउ गरेको हो ।

उनीहरू उपर ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!