शनिबार, चैत्र ०८, २०७६ || 671  पटक पढिएको

हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट इटालीमा शुक्रबार एकैदिन ६२७ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ३२ जनाको मृत्यु भएको छ । यो महामारीबाट इटालीमै सबैभन्दा धेरैको ज्यान गएको हो ।

चीनमा यो भाइरसबाट ३२ सय ४८ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा चीनमा ३ जनाको मात्रै मृत्यु भएको छ । चीनले कोरोनाको महामारी आफ्नो देशमा सकिएको यसअघि नै बताइसकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्पेनमा पनि भाइरसबाट एकै दिन २१२ जनाको मृत्यु भएको छ भने इरानमा १४९ जनाको मृत्यु भएको छ । स्पेन र इरानमा मृतको संख्या क्रमशः १ हजार ४३ र १४ सय ३३ पुगेको छ ।

हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभर ११ हजार १८६ जना पुगेको छ भने संक्रमितको संख्या २ लाख ६५ हजार ९७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!