हिपमत डटकम

शुक्रबार, साउन ०५, २०८० || 2762  पटक पढिएको

हुम्ला, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ताजाकोट गाउँपालिका-२ बस्ने ३६ वर्षीय पुनिमल लुहारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लुहारले ती महिलालाई सोही गाउँपालिका-१ जिउछास्थित भेडी गोठमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ताजाकोट छप्रेलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दाङ, ७३ वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका-७ बस्ने २० वर्षीय रेशम बिकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित पार्किङ गरी राखेको ना.४ ख ७८४८ नम्बरको गाडीभित्र उनीहरूले ती महिलालाई गएराति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट तुलसीपुर बसपार्क र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!