हिपमत डटकम
काठमाडौं ,मंसिर २२।
व्युटिसियन मिना पौडेलले आफ्नै नयाँ व्युटिपार्लर सुरु गरेकी छिन् । उनी लामो समयदेखि कस्मेटिक व्यबसायमा सक्रिय थिईन् । ललितपुरको जाउलाखेल स्थित कुसुन्तीमा उनले शुक्रबारबाट आफ्नो नयाँ व्युटीपार्लर ‘ब्लेसिङ ब्युटिपार्लर’ सुरु गरेकी हुन् ।
आफ्ना धर्मगुरुङकाट सफताको शुभकामनासहित प्राथना गराएर व्युटिसियन मिनाले सो पार्लरको उद्घाटन कार्यक्रम आयोजना गरेकी हुन् । रोज व्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर रबिभवनकी अध्यक्ष तथा बरिष्ट व्युटिसियन सोनी कारंजितले रिवन काटेर ब्लेसिङ व्युटिपार्लरको उद्घाटन गरिन् ।

सो कार्यक्रमकी प्रमुख अतिथि एवम् बरिष्ट व्युटिसियन सोनी कारंजितले आफ्ना विधार्थीहरुले यसरी व्युटिपार्लर खोलेर आत्मनिर्भर हुँदा आफुलाई निकै खुसी लागेको बताईन् । मिना दक्ष व्युटिसियन भएको र उनले व्युटिसियन सम्बन्धिसम्पूर्ण प्रशिक्षण पुरा गरेर आफ्नै पार्लर खोलेको भन्दै उनले सफलताको शुभकामना व्यक्त गरिन् । बरिष्ट व्युटिसियन कारंजितले कुुसुन्ती क्षेत्रमा मिनाले राम्रो सेवा दिने विश्वास ब्यक्त गरिन् ।
व्युटिसियन मिनाले आधा दशकदेखि व्युटिपार्लर व्यबसायमा सक्रिय भए पनि रोज व्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरमा एक वर्षको थप डिप्लोमा कोर्ष पुरा गरेर आफुले यो व्युटिपार्लर सुरु गरेको कार्यक्रममा बताईन् । कुसुन्ती क्षेत्रमा सुविधायुक्त व्युटिपार्लर नभएको र यस क्षेत्रका सौन्दर्यप्रेमीहरुको चाहना अनुसार आफुले सुविधासम्पन्न यो व्युटिपार्लर सञ्चालनमा ल्याएको पनि मिनाले जानकारी गराईन् । आफ्नो पार्लरमा व्युटिसम्बन्धि सबै सेवा उपलब्ध रहेको र दक्ष व्युटिसियनबाट आफुले सेवा दिने गरेको पनि मिनाले बताईन् । कार्यक्रममा पत्रकार डब्बु क्षत्री, सरिता भारती, लक्ष्मण महर्जन, व्युटिसियन दीपा सुवेदीलगायत विभिन्न व्यक्तिहरुले मिनालाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!