हिपमत डटकम

बिहिबार, आषाढ २८, २०८० || 14944  पटक पढिएको

बिराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको दमक नगरपालिका-९ स्थितमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचिनगर नगरपालिका- ७ की ४२ बर्षीया रुपा प्रधान ८ ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिईएको हो ।

यसै गरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैंचा नगरपालिका-१० का २६ बर्षीय सुमन कोइराला र बेलबारी नगरपालिका-३ की २५ बर्षीया ज्योति तामाङलाई १ ग्राम ७० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

भने अस्थायी प्रहरी चौकी मंगलबारे मोरङबाट खटिएको प्रहरी टोलीले रंगेली-२ का २३ बर्षीय बिजय खवासलाई प्रतिवन्धित औषधि ट्रमाडोल २९० क्याप्सुल र स्पास्पेन २९० क्याप्सुल सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!