हिपमत डटकम

बुधबार, आषाढ २७, २०८० || 2755  पटक पढिएको

शरीर बन्धक लिन नहुने कसुरमा महाङ्काल गाउँपालिका-३ बस्ने २० वर्षीय सुमन न्यासुरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । असार २२ गते वेलुकीदेखि १६ वर्षीय किशोरी हराएको भन्ने निवेदन असार २४ गते प्राप्त भएको तथा ती किशोरीलाई सुमनले सोही गाउँपालिका-६ स्थित बुद्ध थोकरको घरमा थुनेर राखेको भन्ने उजुरी असार २६ गते प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टुंगुनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा सुमनलाई पक्राउ गरेको हो ।

उनलाई शरीर बन्धक लिन नहुने मुद्दामा ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । साथै पीडित किशोरीलाई आफन्तको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!