
बारा, २६ असार। जितपुरसिमरा उपमहानगरपालिका-२२ चरिया माई मन्दिर नजिक सडकमा रहेको ना.१ क ३२०५ नम्बरको ट्रकबाट अवैध लागूऔषध गाँजा १ सय ५ किलोग्राम मंगलबारबिहान प्रहरीले बरामद गरेको छ ।

उक्त ट्रकमा लागूऔषध गाँजा लुकाई ल्याएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले पल्टिएको अवस्थामा उक्त ट्रक फेला पारी जाँच गर्ने क्रममा फल्स डब्बाभित्र ५ वटा बोरामा लुकाई राखेको उक्त गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको छ ।