हिपमत डटकम

मंगलबार, आषाढ २६, २०८० || 1302  पटक पढिएको

काठमाडौं, २६ असार। मेडिकल व्यवसायीलाई हत्या गर्ने धम्की दिई ३० करोड रुपैयाँ फिरौती माग गरेको अभियोगमा खोटाङ राहबेशी गाउँपालिका-१ राहबेशी घर भई काठमाडौं महानगरपालिका-४ चुनदेबी बस्ने ४० वर्षीय रमेश कुमार गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

प्रवेश लामाको नामबाट फोन गरी हत्या गर्नको लागि योजना बनि सकेको र सुरक्षित हुन चाहनु हुन्छ रकम दिनुपर्ने भन्दै मेडिकल व्यवसायीलाई असार १३ गतेदेखि पटक पटक एसएमएस समेत गरी उक्त रकम माग गरेकोमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महाराजगंजबाट फिरौती रकम लिन आएको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा थप अनुसन्धान एवम् कारवाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!