हिपमत डटकम

मंगलबार, आषाढ २६, २०८० || 2046  पटक पढिएको

बिराटनगर । झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट सोमवार प्रहरीले लागुऔषध ब्राउनसुगर सहित ७ जनालाई पक्राउ गरेको छ । लागुऔषध ब्राउनसगुरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१३ का २५ बर्षीय तुलसी राजवंशीलाई ८५० मिलीग्राम लागूऔष ब्राउनसुगर सहित फूलवारी टोलबाट पक्राउ गरेको हो ।

यसैगरी प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-१ का २० बर्षीय बिशाल दमाईलाई २ ग्राम ५०० मिलीग्राम ब्राउनसुगर सहित चारआली चोकबाट पक्राउ गरेको हो भने सोही स्थानबाट स्थानीय २१ बर्षीय गणेश राजवंशी र अर्जुनधाराका २७ बर्षीय निकाश अधिकारी तथा मेचीनगर नगरपालिका-६ का ५५ बर्षीय डम्बर बहादुर तामाङ र मेचीनगर नगरपालिका-७ का १७ बर्षीय अभिषेक सिवालाई ४ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यस्तै मोरङको बिराटनगर महानगरपालिका-१५ बाट ईटहरी-४ का उपेन्द्र ठकुरीलाई ०.४३ ग्राम लागुऔषध ब्राउनसुगर सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!