हिपमत डटकम

सोमबार, आषाढ २५, २०८० || 2152  पटक पढिएको

काठमाडौं, २५ असार। माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोरखा पालुङटार नगरपालिका-५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका फुटुङ घर भएका २९ वर्षीया सुस्मा तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

तामाङले १ जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा १ लाख रुपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ५ लाख ८५ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं तारकेश्वर नगरपालिका फुटुङबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!