काठमाडौं, २४ असार। काठमाडौं उपत्यकाका विभिन्न आठ स्थानमा श्रृङ्खलाबद्ध रूपमा जबरजस्ती सुनको सिक्री लुटपाटमा संलग्न ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पक्राउ पर्नेहरूमा रामेछाप लिखु गाउँपालिका(१ दुरागाउँ घर भई काठमाडौं हाडीगाउँ बस्ने ३२ वर्षीय रबिन दमाई, सुनसरी धरान उपमहानगरपालिका(८ घर भई काठमाडौं चाबहिल बस्ने १८ वर्षीय किशोर, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका(७ घर भई काठमाडौं बानेश्वर बस्ने २६ वर्षीय उमेश क्षेत्री, धनकुटा लेगुवा गाउँपालिका(७ घर भई काठमाडौं महानगरपालिका(९ राममन्दिर बस्ने ३० वर्षीय राहुल माझी र भारत पश्चिम बगाल घर भई काठमाडौं न्यूरोड बस्ने ४२ वर्षीय श्रीकान्ता माइती रहेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा मोटरसाइकलको प्रयोग गरी विशेषत बिहानको समयमा मनिङवाकमा हिँडिरहेका महिलाहरूले घाँटीमा लगाएको सुनका सिक्रीहरू जबरजस्ती लुटपाट हुने गरेको घटनाको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा लुटपाटमा संलग्न उनीहरूलाई काठमाडौं बुढानिलकण्ठ तथा उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूबाट लुटपाटमा प्रयोग भएका मोटरसाइकल २ थान, सुनको ढिक्का ११।२ ग्राम, मोबाइल ६ थान र सुनको नेक्लेस ४७ ग्राम बरामद भएको छ । उनीहरूलाई चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!