
सर्लाही, २३ असार । आफ्नै श्रीमती २८ वर्षीया नैन कुमारी महतोलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा हरिवन नगरपालिका-५ घुर्कौली टोल बस्ने ३५ वर्षीय रामभरोश महतोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरायसी झगडाको कारण आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको भनी राम भरोशले ईलाका प्रहरी कार्यालय हरीवनमा आफै उपस्थित भई जानकारी गराउनासाथ उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।