शुक्रबार, चैत्र ०७, २०७६ || 749  पटक पढिएको

कोरोना बिरुद्ध हाम्रो अभियान को नारा सहित व्हाईट हाउस धरानले बिहिवार देखि निशुल्क मास्क तथा डिटोल साबुन वितरण अभियान को थलनी गरेको छ । प्रारम्भ मा व्हाईट हाउसका विद्यार्थीहरुलाई मास्क वितरण गर्दै अभियान शुरु गरिएको थियो । भुजेल समाज का केन्द्रिय उपाध्यक्ष राजकुमार भुजेलको प्रमुख आतिथ्य मा सम्पन्न उक्त कार्यक्रम मा समाजसेवी सुरेन भुजेल त्यसै गरि व्हाईट हाउसका तर्फ बाट अरुण प्रधान,रबिन श्रेष्ठ , पोशन श्रेष्ठ , उबित थापा, ओम रिमाल, सुजन श्रेष्ठ ले मास्क वितरण गर्नु भएको थियो । त्यसपछि यश कलेज को टोलि ले धरान ३ अवस्तिथ सरस्वती बाल अनाथ आश्रम मा गएर मास्क वितरण गरेको थियो । आश्रमका अध्यक्ष दान बहादुर राई को प्रमुख आतिथ्य मा सम्पन्न उक्त कार्यक्रम मा निवर्तमान अध्यक्ष नैनकला न्योपाने , उपाध्यक्ष हरु बिष्णु कुमार राई , रुक्मणी मास्के वडा न ३ का वडा सदस्य हरि शाही महासचिव मनिश खडगी को उपस्थिति रहेको थियो । व्हाईट हाउसको टिमले समिति का सम्पुर्ण पधाधिकारी सहित त्याहा रहेका सम्पुर्ण वालबालिका कर्मचारी शिक्षक हरुलाई मास्क तथा डिटोल साबुन बितरण गरेको थियो । ” करोनाको महामारी भएर मास्क नपाईरहेको यस्तो अवस्थामा व्हाईट हाउस धरान ले यसरी मास्क तथा साबुन बाडेर एकदमै सरहनिय काम गरेको भन्दै आश्रमका अध्यक्ष दान बहादुर राईले धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रममा व्हाईट हाउसका सि ई ओ अरुण प्रधानले हात कसरी धुने , करोना को लक्षण तथा यसबाट अपनाउनु पर्ने सावधानिको बारेमा जानकारी दिनु भएको थियो । त्यसको लगत्तै यो टोलि धरान १९ अवस्तिथ सुकुम्बासी वस्ती सुनाम टोल र गैर्ही गाउँ मा गएर मास्क ,डिटोल साबुन वितरण गरेको थियो । धरान १९ का वडा अध्यक्ष पुर्ण लिम्बुको प्रमुख आतिथ्य मा वितरण सम्पन्न भएको उक्त कार्यक्रम मा वडा सदस्य हरु मेघनाथ राई, राजकुमार राई , चन्द्रमाया बि क , माङ्हिम टोल बिकास संस्था का सचीव दशरथ लिम्बू, समाजसेवी कलाकार हिमाल दहाल, निर्देशक बिजय सुब्ब को उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष पुर्ण लिम्बुले नेपालमा अहिले सम्म करोना भाईरस नफैलिएको भने पनि ८ जनामा लागिसकेको र यसको आधिकारिक जानकारी को तथ्य लुकाएर राखिएको र त्यही कारण ले गर्दा नै एसईई को परिक्षा रोकिएको भएकोले हामिले अब अझ बढी सचेत रहने बेला आएको छ भन्दै यस्तो बेला मास्क र डिटोल साबुन बाडेर व्हाईट हाउस धरान ले सारहै राम्रो काम गरेको भनेर खुशी ब्यक्त गर्नु भयो । आज बाट शुरु हुने एसईई को प्रत्येक परिक्षा केन्द्रमा पनि यसरी नै मास्क तथा डिटोल साबुन बाडने लक्ष्य रहेको थियो तर परिक्षा स्थगित भएर विद्यार्थी हरुलाई बाडन नपाएको र यसरी परिक्षा स्थगित हुने थाह भएको भए केही दिन अगाडि देखि नै बाडने योजना गर्ने थियौ भन्दै एसईई दिने विद्यार्थी लाई बाडनु नपाएको मा व्हाईट हाउसका सन्चालक अरुण प्रधान ले पछुतो भएको कुरा जानकारी गराउनु भयो । जनचेतना को अभाव भएका र सहजै मास्क को पहुच भन्दा टाढा भएका वर्ग हरुमा गएर मास्क बाडने तथा करोना भाईरस सम्बन्धी जनचेतना जगाउने लक्ष्य रहेको प्रधानले जानकारी गराउनु भयो । आजनै ८०० जति मास्क वितरण गरिएको र यो अभियान लाई निरन्तरता दिदै धरानको विभिन्न स्थान त्यसै गरि इटहरी , इनरुवा बेलबारी लगायत आफुहरुले भ्याउने सम्म स्थानमा मास्क वितरण गर्ने योजना रहेको प्रधान ले बताए । मास्क वितरण को लागि व्हाईट हाउसले आफनै श्रोत बाट गर्दै आएको छ र कोहि सहयोगी दाता हरुले सहयोग गर्नु चाहे वहाहरुले पनि यो कार्यमा सहयोग गर्न सक्ने जानकारी दिनु भयो । शुक्रबार धरानको अन्य स्थानमा र सनिवार सहयोगी भित्ता र चलचित्रकर्मी महासंघ प्रदेश न १ को सहयोगमा ईटहरी को मुशहर वस्तिमा मास्क तथा साबुन बाडने योजना रहेको छ । मास्क वितरण टोलिमा व्हाईट हाउसका विद्यार्थी समिक्षा , सुमन,बेगम,लक्की, दक्षकि,निकिता हरु पनि सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!