शुक्रबार, चैत्र ०७, २०७६ || 1381  पटक पढिएको

सरकारले पशुपति आर्यघाटमा सम्भव भएसम्म २५ जनाभन्दा बढी मलामी अपनाउन अनुरोध गरेको छ । सरकारले एकपटकमा एकै स्थानमा २५ जनभन्दा बढी भेला हुन नपाउने निर्णय गरेपछि पशुपति क्षेत्र विकास कोषले सरकारी निर्णयलाई ख्याल गरिदिन आग्रह गरेको हो ।

कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार यसको लागि घाटामा सूचना दिइसकिएको छ । उनले सामूहिक भजन र्कीतन पनि रोकिएको बताए । ‘सरकारको निर्देशनअनुसार नै मालामी आईदिनुस् भनेर अनुरोध गरेका छौं,’ उनले भने,’अपेक्षा छ कि सबैले यसको पालना गरिदिनुहुनेछ ।’

उनका अनुसार नियमित नित्य पूजा नियमित चलिरहन्छ, तर बाहिरको पशुपति आरती भने भोलिदेखि बन्द हुनेछ । उनले अघि भने,’विशेष पुजा गर्नेहरु पनि विस्तारै घट्दैछन्, त्यो पनि केही दिनमा स्वतः बन्द हुने अवस्थामा पुगेको छ ।’

कोषका कार्यकारी निर्देशक डा. घनाश्याम खतिवडाका अनुसार मन्दिर क्षेत्रभित्र प्रवेश गर्ने यात्रुलाई हात धोएर मात्रै जाने व्यवस्था गरिएको छ भने पूजाअर्चनामा पनि विशेष सतर्कता बढाइएको छ ।

त्यसगरी घाटा र विद्युतीय शवदाह गृहको सरसफाइलाई पनि ध्यान पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!