हिपमत डटकम

आइतबार, आषाढ १७, २०८० || 2736  पटक पढिएको

ललितपुर, १७ असार। ललितपुर महानगरपालिका-४ ईमाडोलबाट ५ सय रुपैयाँ दरका १ सय ६० थान नक्कली नोटसहित सोही ठाउँ बस्ने मकवानपुर मकवानपुरगढी गाउँपालिका-१ स्थायी घर भएका ४२ वर्षीय प्रशान्त भन्ने पासाङ भोम्जनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा नक्कली नोटहरुको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!