हिपमत डटकम

शनिबार, आषाढ १६, २०८० || 4716  पटक पढिएको

काठमाडौं, १६ असार। काठमाडौं महानगरपालिका-६ कपन साततले चोक डेरा गरी बस्ने निमा राईको होटलमा जुवातास खेलिरहेको अवस्थामा चितवन जगतपुर घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन शिवमन्दिर बस्ने ४० वर्षीया माया तामाङसहित ६जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार २ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!