शुक्रबार, चैत्र ०७, २०७६ || 674  पटक पढिएको

शुक्लाफाँटा नगरपालिकाले पुनःस्थापना हुन बाँकी रहेका मुक्त हलियालाई आवास बनाइदिन काम अगाडि बढाएको छ । करिव २७ परिवारको पुनःस्थापन हुन बाँँकी रहेको जनाइएको छ । यसका लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले रु एक करोड ४१ लाख रकम पठाएपछि पुनःस्थापनको काम अगाडि बढाइएको नगरप्रमुख दिलबहादुर ऐरले जानकारी दिनुभयो । उहाँले अहिले आवास निर्माण गर्न जग्गा खोजीको काम भइरहेको जनाइएको छ । उहाँले भन्नुभयो, “असार मसान्तभित्रै आवास निर्माणकार्य सम्पन्न गर्ने गरी काम अगाडि बढाएका छौँ ।” आवास निर्माणका लागि अपुग रकमका लागि दातृ निकाय र नगरपालिकाले व्यहोर्ने नगरप्रमुख ऐरले बताउनुभयो । “निर्माण हुने आवास आधुनिक शैलीका हुने र सुविधासम्पन्न आवस निर्माण गर्ने हाम्रो लक्ष्य छ”, उहाँले भन्नुभयो । गत आवमा मुक्त हलिया पुनःस्थापनका लागि आएको रकम आर्थिक वर्ष समाप्त हुनैलाग्दा प्राप्त हँुदा बजेट फिर्ता भएको थियो । नगरपालिकामा लगतमा समावेश भएका ३८२ परिवार मुक्त हलिया रहेका छन् । ती मध्ये २७ परिवारको पुनःस्थापन हुन बाँकी छ । लगतमा छुट भएका मुक्त हलियाको सङ्ख्या नगरपालिकामा १५२ छ । छुट मुक्त हलियाको समेत पुनःस्थापनका लागि काम अगाडि बढाइनुपर्ने राष्ट्रि हलिया मुक्त समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले माग गर्नुभयो । कञ्चनपुरमा परिचयपत्र पाएका एक हजार ९९१ मुक्त हलिया परिवारमध्ये एक हजार ६८५ परिवारको पुनःस्थापन गरिएको छ । पुनःस्थापनमा परेकामध्ये ६०० परिवारले घर निर्माणको दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् । लगतमा समावेश भई पुनःस्थापनमा परेका सम्पर्कमा नआएका ५०० को लगत कट्टा गरिएको छ । उहाँका अनुसार जिल्लाभरिमा दुई हजार ८०० परिवार मुक्त हलिया लगतमा पर्नबाट छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!