शनिबार, मंसिर २१, २०७६ || 1792  पटक पढिएको

हिपमत डटकम
ईटहरी ,मंसिर २१।

एसआरके युनिभर्सेज अर्थात बलिउड सुपरस्टार शाह रुख खानको सबै भन्दा ठूलो फ्यान क्लबको ब्रान्च एसआरके युनिभर्सेज नेपालको सुरुवात ६ अप्रिल २०१५ बाट सुरु भएको हो । सो फ्यान क्लबले शाह रुख खानको फिल्मको च्यारिटी शोको साथ साथै समाजसेवामा पनि आफुलाई अग्रसर गर्दै आईरहेको छ ।
नेपालमा बलिउड फिल्म तथा कलाकारहरुको लोकप्रियता निक्कै नै छ । यसमा पनि शाह रुख खानको फ्यान फ्लोईङ पनि कमि छैन । यस्तैमा एसआरके युनिभर्सेज ग्रुपले यहि मङ्सिरको अन्तिम सनिवार अर्थात २८ गतेका दिन फिल्म “मै हू ना” को स्क्रीनिङ गर्ने भएको छ ।

असहाय तथा दुखमा परेकालाई सहयोग गर्ने उद्देश्य सहित गर्न लागिएको सो च्यारिटि शो उतउत्साहजनक हुनेछ र धेरैबाट सहयोग मिल्ने मा आयोजक एसआरके युनिभर्सेज बिश्वास्त बनेको छ । च्यारिटी सोबाट उठेको रकम संगै टिम मेम्बरबाट संकलन गरिएको सहयोग राशीले जाडोमा न्यानो कपडा बितरण गरिने एसआरके युनिभर्सेजका एड्मिन सरोज बिश्वकर्माले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!