
ताप्लेजुङ, ६ असार।आफ्नै श्रीमती ३१ वर्षीया निशा राईको हत्या गरेको अभियोगमा सिरिजंघा गाउँपालिका-३ सिकैचा बस्ने ३८ वर्षीय लक्ष्मण चाम्लिङ राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । लक्ष्मणले भान्सा कोठामा दाउराको चिरपटले टाउँकोमा प्रहार गर्दा निशाको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी काडेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
