हिपमत डटकम

बुधबार, आषाढ ०६, २०८० || 2789  पटक पढिएको

झापा, ६ असार। लागूऔषध मुद्दाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका-७ ठेगाना भएका ३० वर्षीय सतारे भन्ने रन्जित खड्गीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला अदालतको २०७८ मंसिर १६ गतेको फैसलाले लागूऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङ र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त टोलीले सुनसरी धरान उपमहानगरपालिका-७ बाट फेला पारी पक्राउ गरेको हो ।

उनलई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!