शुक्रबार, चैत्र ०७, २०७६ || 1160  पटक पढिएको

तनहुँको व्यास नगरपालिका–४ बस्ने सविना खातुन दिनभरि घरमै त्यत्तिकै बस्नुहुन्थ्यो । घरायसी काममा मात्रै तल्लीन रहनुहुने उहाँको हातमा कुनै सीप थिएन । दिउँसो घरमा बस्दा टिभी हेर्ने, मोबाइल चलाउनेबाहेक विकल्प उहाँसँग थिएन । तर अब फुर्सदको समय उहाँलाई त्यत्तिकै कटाउनुपर्दैन । उहाँलाई यहाँ सञ्चालित सिलाइकटाई तालिमले उद्यमी बन्न सहयोग पु¥याएको छ । निलकुमारी मियाँ फाउण्डेशनले सञ्चालन गरेको तीनमहिने तालिमले उहाँलाई दिउँसोको समयमा बेफुर्सदिलो त बनाउनेछ नै साथै आम्दानीको स्रोतको बाटो पनि देखाएको छ । “दिउँसोको समयमा अब त्यत्तिकै बस्नुपरेन, तालिम लिएपछि उद्यमी बन्न सहयोग पुगेको छ”, सविना भन्नुभयो, “घरमै बसेर पनि कपडा सिलाएर आम्दानी गर्ने सोच बनाएको छु ।” काठमाडौँबाट विभिन्न किसिमका कपडा खरिद गरेर ल्याई सिलाएर बिक्री गर्ने उहाँले जानकारी दिनुभयो । सोही ठाउँ निवासी जुना गुरुङ पनि तालिम लिएपछि उत्साहित हुनुहुन्छ । उहाँले भन्नुभयो, “फुर्सदको समयमा कपडा सिलाएर आम्दानी गर्ने तयारी गरेको छु ।” बिहान दिउँसो घरको काम पनि सक्नुपर्ने भए पनि उहाँले एक दिन पनि तालिम छुटाउनुभएन । स्थानीय कसिरा खातुनले कम लगानीमा पनि मनग्य आम्दानी हुने भएपछि तालिमपछि सिलाइकटाई व्यवसाय सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो । “घरमै बसेर काम गर्न पनि पाइने र आम्दानी पनि हुने भएकाले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्छु”, उहाँले भन्नुभयो, “यसका लागि घरपरिवारको पनि सहयोग पाएकी छु ।” मियाँ, गुरुङ र खातुनजस्तै यहाँका २४ महिला तालिमपछि उद्यमी बन्ने तरखरमा हुनुहुन्छ । तालिम लिनेमध्ये १८ मुस्लिम समुदाय र छ जना अन्य समुदायका महिला छन् । महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सञ्चालित तालिम प्रभावकारी भएको फाउण्डेशनका अध्यक्ष रुविना खानले जानकारी दिनुभयो । “सीप सिकेपछि कोही पनि बेरोजगार बस्नुपर्दैन”, उहाँले भन्नुभयो, “महिला अरुको भर पर्ने होइन, आफँै उद्यमी भएर देखाउनुपर्छ ।” प्रतिनिधिसभा सदस्य कलिला खानले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । “आर्थिकरूपमा आत्मनिर्भर बन्ने सोच बनाएर काम गर्दा कसैबाट पनि अपहेलित हुनुपर्दैन”, खानले भन्नुभयो, “महिला आफैँ सक्षम हुन सक्छन् भनेर समाजमा उदाहरणीय प्रस्तुत गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!